काठमाण्डौ – उतरपूूर्वी एशिायमा शान्तिको पहलकदमी अभियान अन्तरगत युनिर्भसल पीस फेडेरेसनको अन्तराष्टि«य सम्मेलन आजबाट शुरु भएको छ । बैसाख १८ गतेसम्म सञ्चालन हुने भर्च्युअल सम्मेलनलाई उत्तर–पूर्वी एशियाका दर्जन बढी देशबाट ५ हजार भन्दा बढीको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ ।


ADVERTISEMENT


सम्मेलनको उद्घाटन सत्रमा फिलिपिन्सका पूर्व सभामुख जोसे डे भेनेसिया, युफिएफ अन्तराष्ट्रिका अध्यक्ष डा. थोमस जि बाल्स लगायतले सम्बोधन गर्नेछन् । विश्व एकताको आधारसिला मार्फत कोरियन प्रायदिप शान्तिपूर्ण एकीकरण प्रयास विषयमा हुने छलफलमा राष्ट्रप्रमुखहरू, सांसदहरू, अन्तरधार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षाविद्हरू, व्यवसायीक नेतृत्वकर्ताहरू र युवा तथा विद्यार्थी नेतृत्वहरू कलाकारहरुकोे सत्र गरी सम्मेलनलाई आठ क्षेत्रहरुमा विभाजित गरि छलफल गरिनेछ ।


ADVERTISEMENT

# # #


सम्मेलनमा उतरपूर्वी एशिया र बिश्व शान्तिको योगदानमा सरकार र राजनैतिक नेतृत्वको भूमिकाको बारेमा छलफल हुनको साथै साही विषयमा सांसदहरुको भूमिका, घार्मिक नेतृत्वको भूमिका, संञ्चार क्षेत्रको भूमिका , प्रथम महिला र महिला नतृको भुमिका, शैक्षिक क्षेत्र, व्यवसायी तथा कला र संस्कृतिको भूमिका के हुनसक्छ भन्ने बारेमा वृहत् छलफल हुने छ ।

सम्मेलनमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्री हिसीला यमी, पूर्वमन्त्री एकनाथ ढकाल लगायतका नेताहरुको सम्बोधन रहेको छ । कोभिड संक्रमणबाट यति बेला विश्व आक्रान्त भईरहेको बेला विश्वका साझा समस्याका बारेमा पनि सम्मेलनमा छलफल हुने छ । राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले आयोजना गरेको हो ।