काठमाडौँ– उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ ।


ADVERTISEMENT


चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने छ ।

वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा समापन गरिन्छ । जात्राका बीच आजदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि बाँकी विधि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि उपयोग गरेर गरिने उनले बताए । रासस