काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ । निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।


ADVERTISEMENT


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको बताएका छन् । उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोहि यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने बताए ।

कोरोना संक्रमितको संख्या बढेपछि सरकारले बैशाख मसान्तसम्म उपत्यकामा निषेधाज्ञा लागू गरेको छ ।