नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।


ADVERTISEMENT


उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार शुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख मगरले जानकारी दिइन् । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ ।


ADVERTISEMENT

# # #


नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आईसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य समेत सुरु गरेको मगरले बताइन् ।

अस्पतालमा संक्रमितहरुको लागि बेडको अभाव देखिएपछि स्थानीय पालिका र वडा कार्यालयहरुले कोभिड आइसोलेसन निर्माण गर्न शुरु गरेका छन । त्यस्तै नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ को कार्यालयले आफ्नैवडामा निर्माण गर्न शुरु गरेको आईसोलेसन कक्षको काम पनि अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन आइतबारदेखि सन्चालनमा आउने जानकारी दिए ।

अध्यक्ष बेहनाका अनुसार आइसोलेसनमा ३ वटा सिसिटिभी क्यामेरा, वाइफाई सबै जडान गरिने भएको छ । अस्पताल संचालनका लागि २ जना मेडिकल अफिसर, ४ जना स्टाफ नर्सका लागि वडा कार्यालयले दर्खास्त आव्हान गरिसकेको पनि अध्यक्ष बेहनाले जानकारी दिए ।