काठमाडौं – कोभिड(१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले हवाइ उडान पनि बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।


ADVERTISEMENT


शुक्रवार बसेको सीसीएसीको बैठकले संक्रमण भयावह बन्दै र हवाइ उडान बन्द नहुँदा संक्रमण फैलिने डर बढेको निश्कर्षसहित आन्तरिक र अन्तराष्ट्रिय दुबै उडान रोक्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


गएको सोमवार काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेकोमा त्यसयता विभिन्न स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा लगाएका छन् ।

प्रशासनले सडक यातायात बन्द गरेपनि हवाइ उडान भने रोकेको थिएन । जसकारण निषेधाज्ञा भएपनि विमानस्थलमा भने यात्रुको भिड घटेको छैन ।