काठमाडौँ – काठमाडौँ उपत्यकामा प्रशासनले लगाएको निषेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ । निषेधाज्ञा लगाएपनि सामान्य अवस्थामा जस्तै मानिसहरु हिँडडुल गरेको र भिड बढेको निश्कर्षसहित प्रशासनले थप कडाइको तयारी गरेको हो ।


ADVERTISEMENT


यसअघि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवतजावत गर्न दिइएकोमा अब एक चौथाइ कर्मचारीमार्फत कार्यालय सञ्चालन गर्न लगाइने निर्णय प्रशासनले गरेको छ । यसको सहजीकरण नेपाल राष्ट्र बैंकले गर्नेछ ।


ADVERTISEMENT

# # #


शनिवार पनि सरकारी नम्बरप्लेट चलेकाले कार्यालयको मातहतमा रहेर एक चौथाई कर्मचारीद्वारा कार्यालय सञ्चालन गर्न भनिएको छ ।

यसैगरी यसगरी कार्यालय कार्डमा पत्रकारहरुलाई हिँड्न दिइएकोमा अब समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।

यस्तै, उपत्यका बाहिर निषेधाज्ञा लगाइएको जिल्लाका हकमा भने सूचना विभागको प्रेस पास नहुनेलाई प्रमुख जिल्ला अधिकारीले नै अर्को अस्थायी पासको व्‍यवस्था मिलाउन सक्ने भनिएको छ ।