काठमाडौँ– हाल अमेरिका निवासी कवि अमर रोकाद्वारा रचित ‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीतसङ्ग्रह जुम प्रविधिबाट सार्वजनिक भएको छ ।


ADVERTISEMENT


सिसार साहित्य प्रतिष्ठानले शनिबार बेलुकी जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा कविकी माता एवं नेपालकी पहिलो जागिर खाने महिला ८४ वर्षीया मीना रोकाले कवितासङ्ग्रह विमोचन गरेकी हुन् ।


ADVERTISEMENT

# # #


गीत र कविता गरी ४१ वटा सङ्ग्रह गरिएको पुस्तकमा ७९ पृष्ठ छ । पुस्तकको मूल्य रु. ९५ छ । पूजा रोकाले प्रकाशन गरेका कविता तथा गीत सङ्ग्रहको भाषा सम्पादन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गरेको हो ।

लेखकको यो पहिलो कृति हो । रोकाका कविता र गीतमा मन र जीवनका प्रवाह प्रवाहित भएको छ । कवितासङ्ग्रहका बारेमा समीक्षा गर्दै समालोचक प्रा. डा. ज्ञानु पाण्डेले प्रेम, प्रणय र कोमल भावनाका कविता तथा गीत सङ्ग्रहमा समेटिएको बताएका छन् । सङ्ग्रहमा ह्रास हुँदै गएको मानवीय संवेदनाका विषयमा पनि मन छुने रचना समेटिएको उनले सुनाए ।

कार्यक्रममा वरिष्ठ कलाकार उत्तम नेपाली, प्रा. डा. जङ्गब चौहान, कलाकार गौरी मल्ल, डा. मधु माधुर्यलगायतले रोजगारीका लागि विदेशिने नेपालीको मर्मलाई गीत र कविताका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गरिएको बताएका थिए। रासस