काठमाडौँ – नेकपा एमालेको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।


ADVERTISEMENT


बालुटारमा एमालेको स्थायी कमिटी बैठक बोलाएका प्रधानमन्त्री ओली बैठक सकिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।


ADVERTISEMENT

# # #


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीनामा दिएपछि राजनीतिमा नयाँ तरंग आएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग उक्त विषयका साथै कोरोना संक्रमणकाबारेमा छलफल गर्ने बुझिएको छ ।