काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेश सरकार गठन अनैतीक र असंवैधानिक भएको बताएका छन् ।


ADVERTISEMENT


उनले मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोख्रेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्ति हाँस्यस्पद र आश्चर्यजनक मात्र नभएर अनैतीक र असंवैधानिक भएको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


४२ प्रदेशसभा सदस्यहरुको बहुमत हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष सपथ ग्रहण रोकी नियुक्ति बदरको निम्ति भइरहेको सङ्घर्षप्रति आफ्नो ध्यानाकर्षण भएकोबताउँदै उनले संविधान र लोकतन्त्रको मर्यादामाथि नै उक्त घटनाले प्रहार गरेको आरोप प्रचण्डको छ ।

उक्त प्रदेशसभाका सदस्यहरुले यही वैशाख ६ गते प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी विशेष अधिवेशनको माग गरेको र आइतबारदेखि विशेष अधिवेशन राखिएको थियो । लोकतान्त्रिक प्रक्रियाबाट अविश्वास प्रस्तावको सामना गर्नुको बदला अल्पमतमा रहेका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिई संसद्को काम कारबाहीलाई अवरुद्ध गरेको आरोप प्रचण्डले लगाएका हुन् ।

यसरी बहुमत सदस्यको समर्थन रहेको अविश्वास प्रस्तावमा प्रस्तावित गरिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १६८(२) अनुरूप मुख्यमन्त्रीमा नियुक्ति गर्नुको बदला प्रदेश प्रमुखले अल्पमतबाट पोख्रेललाई संविधानको धारा १६८ (१) अनुरूप नियुक्ति गरेको आरोप दाहालको छ ।