काठमाडौँ – सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने तयारी गरेको छ । चीनले अनुदानमा उपलब्ध गराउने भनेको २० हजार थान सिलिन्डर ल्याउन परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने सीसीएमसीले निर्णय गरेको छ ।


ADVERTISEMENT


नेपाली अक्सिजन उत्पादकहरुले अक्सिजन प्रर्याप्त भएपनि सिलिन्डरको अभाव भएको बताउँदै आएका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि कतिपयले बुझ्दै नबुझी घरमै सिलिन्डर होल्ड गर्न थालेको उनीहरुको भनाइ छ । यद्दपी, कोरोनाको उपचारका लागि अक्सिजन अभाव भए अस्पतालमै पुगी उपचार गर्नुपर्ने भएकाले घरमा सिलिन्डर होल्ड गर्नुको कुनै तुक नभएको चिकित्सकहरुले बताउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले चीनले अनुदानमा दिने भनेको सिलिन्डर ल्याउने पहल भइरहेको बताए । यस्तै आफै पनि सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए ।