काठमाडौं – अग्रणी हवाई संस्था यती एअरलाइन्स र तारा एअरले आजकोलागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ ।


ADVERTISEMENT


यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीचको छलफल पश्चात उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरि प्रत्येक २० मिनेटमा एउटा उडान को कोटा तय गर्दा यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो ।


ADVERTISEMENT

# # #


हिजै साँझ बसेको मन्त्रीपरिषदको बैठकले सोमबार राति १२ बजे पश्चात आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरुको सुविधालाई ध्यानमा राखि आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एअरलाइन्सले जनाएको छ । साथै उडानका लागि यथाशीघ्र सम्पर्क गर्नपनि यात्रुहरुलाई आह्वान गरेको छ ।

यती एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुनेभएपछि यात्रुहरुबाट आज उडान भर्ने माग बढेकोले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्डलाई अनुसार सम्पूर्ण उडानहरु यथावत गरेको हो । ‘कोटा प्रणालीअनुसारको उडानतालिकामा कतिपय गन्तव्यका हाम्रा उडानहरु बन्द गर्नुपरेको थियो, अब आज सम्पूर्ण उडान यथावत रहनेछ’ बर्तौलाले भने ।