काठमाडौँ – नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को चौथो संस्करणको भर्चुअल सत्रमा बलिउडका चर्चित निर्देशक तथा लेखक अनुराग कश्यप सहभागी हुने भएका छन् ।


ADVERTISEMENT


नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना हुने महोत्सवको उक्त भर्चुअल सेसनमा अनुरागले आफ्ना अनुभव बाँड्ने भएका हुन् ।  वैशाखको २३ देखि २७ सम्म आयोजना हुने महोत्सवको उद्घाटनपछिको सत्रमा उनले भोलि बिहीबार दिउँसो ३ः३० बाट करिब ४ः३० सम्म आफ्ना अनुभव सुनाउने नीफका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


महोत्सवमा ३१ देशका ६५ वटा फिल्म (छोटो, लामो फिल्म र वृत्तचित्र)ले सहभागिता जनाउँदैछन् । महोत्सव नियमित भएको भए गत फागुन मै हुनु पर्थ्यो । तर आयोजकले अनलाइन नगर्ने र भौतिक रुपमा नै गर्ने उद्देश्यले वैशाखको २३–२७ सारेको थियो । यद्दपी कोरोना झन् बढ्न थालेसँगै अन्ततः सम्पूर्ण गतिविधिहरु अनलाइनबाट गर्ने र चलचित्र प्रदर्शन नेट टिभिबाट निःशुल्क हेर्न पाउने गरी प्रदर्शन गर्न लागिएको हो ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरिरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । त्यस्तै नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रुपैयाँ र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ आयोजकले जनाएको छ ।

त्यसै गरी इन्टरनेसनल फेडेरेसन अफ फिल्म सोसाइटी को तर्फबाट आइएफएफएस डन क्वीजोट आवार्ड उत्कृष्ट फिचर फिल्मको लागि प्रदान गरिने छ । यस् महोत्सवको देहाय बमोजिमको जुरी कमिटी बनाएको आयोजकले बताएको छ ।

यस्तो छ महोत्सवको प्रोमो :