काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति गरेकी छन् ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखका रुपमा नियुक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


आजैको मन्त्रीपरिषद्को बैठकले यसअघिका प्रदेश प्रमुखहरुलाई हटाएसँगै नयाँ नियुक्ति गरिएको हो । यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख रहेका थिए ।

उनीहरु दुवैजना माओवादी केन्द्र निकट मानिन्छन् ।