एजेन्सी – विश्वकै दोस्रो धनी व्यवसायी बिल गेट्सले पत्नी मिलिन्डासँग डिभोर्स (सम्बन्धविच्छेद) भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक रहेका बिलले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरु अलग्गिएको जानकारी गराएका हुन् ।


ADVERTISEMENT


सन् १९८० को दशकमा मिलिन्डा माइक्रोसफ्टमा जागिरे हुँदा बिल र उनीबीचको सम्बन्ध झाँगिएर विवाहमा परिणत भएको थियो । २७ वर्ष लामो सम्बन्धपछि सोचविचरा गरी आफूहरु अलग्गिएको बताउँदै बिलले सम्बन्धबिच्छेद गरी नयाँ जीवन शुरु गर्न लागेको बताएका हुन् । उनीहरुका तीन सन्तान छन् ।


ADVERTISEMENT

# # #


सम्बन्धविच्छेदपछि पनि दुबै मिलेर फाउन्डेशनमा काम गर्ने उनले बताएका छन् । बिलले लेखेका छन्, “हामीले मिलेर स्वस्थ र उत्पादनमुखी जीवनका लागि विश्वभरका मानिसहरुले

काम गर्न सक्ने गरी फाउन्डेशन निर्माण गर्यौँ । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ ।’

बिलले लामो समयसम्म विश्वकै धनी व्यक्तिको रुपमा आफ्नो छवि बनाएका थिए । अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले उक्त स्थान खोसेपछि उनी विश्वको दोस्रो धनी व्यक्तिका रुपमा परिचित छन् ।

https://twitter.com/BillGates/status/1389316412259270657