काठमाडौँ – सरकारले कोरोनाविरुद्धको लडाइँमा जनशक्तिको अभाव हुन नदिन सेवानिवृत्त चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने भएको छ ।


ADVERTISEMENT


सोमवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा सेवानिवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने बताए ।


ADVERTISEMENT

# # #


कोभिडविरुद्धको लडाइँमा कोरोनाको पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्येक्ष संलग्न चिकित्सक, चालक÷सहचालक र सरसफाइकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले जोखिम भत्ता उपलब्ध गराउने बताए ।

‘कोभिड विरुद्ध खटिएका स्वास्थ्यकर्मी, शव व्यवस्थापक र सफाइ कर्मचारीको शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गरिनेछ,’ उनले भने ।