काठमाडौँ –  नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले व्यवसायीहरुलाई वर्कशपमा भएका अक्सिजन सिलिन्डर निर्माण कम्पनीलाई नै बुझाउन अनुरोध गरेको छ ।


ADVERTISEMENT


कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव देखिएकाले नाडामा आवद्ध सबै व्यवसायीलाई अक्सिजन सिलिन्डर निर्माण उद्योगलाई नै बुझाउन अनुरोध गरेको नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले जानकारी दिए । कोरोनाको दर बढ्दै गएकाले नेपालमा अक्सिजनको अभाव देखिन थालेको छ । अक्सिजन उत्पादक उद्योगले अक्सिजन प्रर्याप्त भएको तर सिलिन्डरको अभाव भएकाले सिलिन्डरको जोहो गर्न माग गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


‘हामीले हामीसँग आवद्ध सबै व्यवसायीलाई प्रत्यक्ष सम्पर्क गरेर आफ्ना वर्कशपमा रहेका अक्सिजन सिलिन्डर निर्माण उद्योगलाई नै बुझाएर महामारीविरुद्धको लडाइँमा सहयोग गर्न अनुरोध गरेका छौँ,’ उनले भने ।