काठमाडौँ – प्रतिष्ठित टी–२० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल) को १४ औँ संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि जारी आइपीएल अनिश्तकालका लागि निलम्बित भएको हो ।


ADVERTISEMENT


विभिन्न टिमका केही खेलाडी र अफिसियलहरुमा कोरोना देखिएपछि आईपीएलको आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले उक्त फैसला लिएको हो ।कोरोनाकैबीच सुरु भएको आइपीएलका लागि बीसीसीआईले बजबुत ‘बायो–बबल’ को नियम लागू गरेको थियो । जसका कारण २९ वटा खेलहरु सम्पन्न भएका थिए ।


ADVERTISEMENT

# # #


मुम्बई र चेन्नईमा हुने सबै खेल सम्पन्न भएका थिए । तर, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने ३० औँ खेल खेल्न सकिएको थिएन । टिम सनराइजर्स हैदरावादका ऋद्धिमान साह, कोलकत्ता नाइट राइडर्सका वरुण चक्रवर्ती, नीतीश राणा र सन्दीप वारियर्स, रोयल च्यालेन्जर बैंगलोरका दवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अमित मिश्रा, अक्षर पटेल, एन्रिच नोकिया र डेनियल साम्सलाई कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै मुम्बई इण्डियन्सका प्रशिक्षक किरण मोरे, चेन्नई सुपर किंगका प्रशिक्षक लक्ष्मीपति बालाजीलाई पनि कोरोना देखिएको छ ।