काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनोटको सामाजिक सञ्जाल ट्वीटर एकाउन्ट निलम्बित भएको छ । नियम तोडेको भन्दै ट्वीटरले उनको एकाउन्ट निलम्बित गरिदिएको हो ।


ADVERTISEMENT


कंगनाले मंगलबार (आज) भारतको पश्चिम बंगालमा पश्चिम बंगालमा हालै भएको निर्वाचनको परिणाम घोषण भएपछि उत्पन्न कथित हिंसालाई लिएर असन्तुष्टि जनाएकी थिइन् । साथै उनले केन्द्र सरकारसँग बंगालमा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गरेकी थिइन् । उनले बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई राक्षस ताडकासँग तुलना गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


ट्वीटरमा उनले भनेकी थिइन्, ‘म गलत रहिछु, उनी रावण हैनन् । रावण त कुशल राजा थिए, जसले विश्वकै सम्पन्न देश बनाए । उनी उत्कृष्ट प्रशासक र विद्वान र वीणा वादक थिए । ममता त रगतका प्यासी राक्षस ताडका हुन् । जसले उनलाई भोट दिए, तिमीहरुका हात पनि रगतले लतपतिएका छन् ।’

कंगना लगातार ममता र उनको सरकारविरुद्ध ट्वीट गरिरहेकी थिइन् ।