काठमाडौँ– आफ्नो मिठो आवाजले सबैको मन जित्न सफल गायिका प्राश्ना शाक्यले आफ्नो नामको अगाडि लिरिस्ट(गीतकार) को परिचय पनि थपेकी छिन् ।


ADVERTISEMENT


आफूद्वारा रचित ‘तिमी नै भन’ बोलको पहिलो गीत सार्वजनिक गर्दै उनी औपचारिक रुपमा गीतकार बनेकी हुन् ।


ADVERTISEMENT

# # #


आफ्नै आवाजमा गुञ्जिएको सो गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्यूवच्यानल ‘प्राश्ना शाक्य’ मार्फत सार्वजनिक गरेकी छिन् ।

गायिका शाक्यले पप, लोक, आधुनिक र दर्जनभन्दा बढी फिल्मी गीतहरु गरी हालसम्म पाँच सयभन्दा बढी गीत गाईसकेकी छिन् । उनको ‘मलाई आवाज देउ’, ‘हाम्रो गाउँले जीवन’, ‘बादल वर्षा विजुली’, ‘बाटोमुनिको फूल–ओइलाएको फूल’, ‘आँखामा आएर (वेवी आइ लभ यु)’ लगायतका गीत श्रोताले खुबै रुचाएका थिए ।