काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भएको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिकमै भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।