काठमाडौँ – नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले विश्वासको मत लिने प्रधानमन्त्रकिो राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको भन्दै यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक रहेका निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको उनको भनाई छ । लुम्बिनी प्रदेशमा भएको घटना असंवैधानिक भएको निष्कर्ष बैठकले निकाल्दै लुम्विनीको सरकारलाई अवैधानिक घोषणा गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको भावना विपरित स्वच्छाचारी भएको ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए ।

सोमबारमात्रै सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गरेको थियो । बैठकले संविधान र लोकतन्त्रको रक्षाका निम्ति सम्पूर्ण राजनीतिक पार्टी नागरिक समाज र सबै जनसमुदायलाई सचेत र एकताबद्ध रहन अपिल गर्ने निर्णय पनि गरेको छ ।