काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्माओलीलाई विश्वासको मत नदिने भएको छ । मंगलबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


साथै बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा पराजित गर्ने प्रयास गर्ने भएको छ । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।


ADVERTISEMENT

# # #