काठमाडौँ– नेपाल सरकारको मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।


ADVERTISEMENT

# # #


तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । ५८ वर्षे उमेर हदका कारण उनले कात्तिक ७ गते (भोलि) अनिवार्य अवकाश पाउँदै छन् ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।

मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।

बैठकले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहसचिवमा सरुवा गरेको छ।

त्यस्तै सामान्य प्रशासन मन्त्रालयको सचिवमा हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सरुवा गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए।