काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।


ADVERTISEMENT


बुधबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद सचिवालयलाई गराएको हो । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको समर्थन फिर्ताको पत्र माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई बुझाएका थिए ।


ADVERTISEMENT

# # #


पत्रमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको उल्लेख गरिएको छ ।

कोरोनाको दोश्रो लहरसँग जुझ्ने सन्दर्भमा असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाई देशलाई वाय शक्तिको क्रिडास्थल बनाउँदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको समेत पत्रमार उल्लेख छ ।

अदालतको फागुन २३ को निर्णय पश्चात् ३० दिनभित्र विश्वासको मत लिनपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै बैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको माओवादी सचेत गुरुङले जानकारी दिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भइसकेका बेला मंगलवार माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।