काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौँ जनताले ज्यान गुमाईरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नागरिक स्वास्थ्य संकटले बिचल्लीमा परेका छन्, तर सरकार कमीशनको चक्करमा खोप र औषधिको कृतिम अभाव गराएर जनता मार्ने जनघाती काममा लागेको महरको थप भनाइ थियो । ‘संकटमा सहयोगी हातहरु’ नामक अभियानले आयोजना गरेको कहाँ चुक्यो सरकार? विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दैँ नेता महरले वर्तमान सरकार इतिहासकै भ्रष्टाचार शिरोमणी र विवेकहीन पनि सावित भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यो ३ बर्षे कार्यकालमा भ्रष्टाचार, आर्थिक अनियमितताका दर्जनौं काण्डहरु घटाइएको बताउँदै – खोप काण्ड, ओम्नी काण्ड, फास्टट्रयाक काण्ड, सेक्युरिटी प्रेस काण्ड, वाइडबडी काण्ड, रेल्वे काण्ड लगायतका दर्जनौँ काण्डमा अर्बौको अनियमितता गरेर वर्तमान सरकार भ्रष्टाचार शिरोमणी र विवेकहीन सावित भयो, नेता महरले आक्रोश पोख्दैँ भने, जनता स्वास्थ्य संकटले विचल्लीमा परेका छन् । तर, कम्युनिष्ट नामधारी सरकार भ्याक्सिन लगायत स्वास्थ्य सामग्री उपलब्ध नगराएर कमिसन खाने चक्करमा जनता मार्ने जनघाती काममा उद्धत छ ।

लामो समयदेखि महामारी संक्रमणको भय र त्रासले आतंकित भएर जीवनरक्षाका लागि जनताले गरेको पुकार सुन्नुको सट्टा स्वास्थ्य सामग्री र भ्याक्सिन खरिद गर्दा भ्रष्टाचारजन्य कार्यमा स्वंय सरकार संलग्न देखिनु अमानविय र असंवेदनशीलताको पराकाष्ठा भएको नेता महरले टिप्पणी गरे । सरकारका गलत कार्यहरु नियन्त्रण गर्ने सबै अंगहरु सरकारले आफ्नो सिकंजामा राखेको नेता महरले बताए ।

सबै सत्ताहरु नियन्त्रणमा राखेर सर्वसत्तावादी बनेको सरकारलाई जनता स्वंयका तर्फबाट जनताको अदालतमा उभ्याएर कारवाही गरे मात्र देशमा सुशासन र अमनचयन हने नेता महरको भनाई थियो । भ्याक्सिन र औषधिको अभावले दैनिक दर्जनौं जनताले ज्यान गुमाउनु परेको छ तर सरकारले भने भ्याक्सिन खरिदमा ३२ करोड बढी कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड गरेको कार्यक्रममा सहभागीहरुको भनाइ थियो ।