काठमाडौँ – नेपाल खेलकुद महासंघले कोरोना महमारीमा विशेष राष्ट्रिय अभियान चालेको छ । एमाले निकट महासंघले खेलकुदमन्त्री दावा तामाङको उपस्थितिमा आकस्मिक बैठकमार्फत वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा अभियान शुरु गरेको हो ।


ADVERTISEMENT


बस्नेतले संयोजन तथा परिचालन गर्नेगरी महासंघले आफू मातहतका कमिटी तथा कार्यकर्तालाई उक्त अभियानमा सहभागी हुन निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


महासंघले सातै प्रदेशमा सहायता समूहको निर्माण गरी संकटमा परेकालाई सहयोग गर्ने, कोरोनाबाट बच्न स्वास्थ्यसम्बन्धी जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य सामाग्री एवं आइसोलेशन निर्माणका लागि जनप्रतिनिधिको ध्यानाकर्षण गराउने लगायतका काम गर्ने जनाएको छ । यस्तै यस अभियानमा बिरामीलाई फलफुल तथा पौष्टिक आहारको व्यवस्थापन गर्ने र राहत वितरण पनि गरिने महासंघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।

No description available.

No description available.