काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजीनामा रोकेर थप छलफल गर्ने प्रस्ताव माधवकुमार नेपालसमक्ष पठाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको प्रस्ताव लिएर नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नेता नेपालसँग छलफल गर्न सिंहदरबार पुगेका थिए । छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको नेताहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


छलफलपछि एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली र माधव नेपालबीच फोनमार्फत कुराकानी भएर आफुहरुलाई भेट्न पठाएको बताए । अहिलेको पार्टीको समस्या र त्यसको हलका सम्बन्धमा खुलस्त कुरा भएको उनले बताए । प्रधानमन्त्रीको सन्देश पनि आफुहरुले नेपालसमक्ष राखेको र नेता नेपालले पनि आफ्नो धारणा खुलस्त राखेको नेम्वाङले जानकारी दिए ।

‘एउटा कुरा एकदमै सकारात्मक छ । त्यो भनेको पार्टी एकतालाई बलियो बनाएर लैजाने भन्ने कुरामा विवाद छैन । त्यो हाम्रो कुराकानीमा प्रतिबिम्बित भएको पाएका छौँ ।’ उनले भने, ‘तर, यसलाई कसररुी समाधान गर्ने र टुंगोमा पुर्याउने भन्नेबारेमा हामी सबैको चिन्ता हो । कुराकानीमा पनि त्यो अभिव्यक्त भएको पायौँ ।’

उनले देखिएका समस्या समाधानलाई टुङ्गोमा पुराउनुपर्ने चिन्ता देखिए पनि निष्कर्ष भने निस्कन नसकिएको जानकारी दिए । उनले फेरि पनि भेटघाट गरेर पार्टीलाई एकतावद्ध गराउन लाग्ने कुरा भएको उनले बताए ।