काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुपर्ने बताएका छन् । दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरी विश्वासको मत लिदैछन् ।


ADVERTISEMENT


उनले ओलीलाई बिदाइ गर्नुपर्ने ४ कारण सामाजिक सञ्जालमा लेखेका छन् । कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, संविधानविपरित संसद् विघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप तथा औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै ओलीलाई आजै बिदाइ गर्नुपर्ने उनले बताएका छन् ।


ADVERTISEMENT

# # #