काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिसभामा आज विश्वासको मत लिँदैछन् । आज देखि सुरु भएको विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख अग्नि सापकोटा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको संसद अधिवेशन आह्वानको सूचना पढेर सुनाएका थिए ।


ADVERTISEMENT


त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसपश्चात उनले १५ मिनेटका बैठक स्थगित गरेका थिए । दोस्रो बैठक सुरु भएसँगै ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।