काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले खुलेर ओलीको समर्थन गरेका छन् । सोमवार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने बेला तटस्थ बसेका ठाकुरले साँझ विज्ञप्ति निकाल्दै ओलीकै पक्षमा आफू उभिएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


उनले नयाँ सरकार गठन प्रक्रियामा आफू सहभागी नहुने बताएका छन् । मधेश आन्दोलनका मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका विषयमा सरकारसँग सकारात्मक पहल भइरहेको बताउँदै उनले नयाँ सरकार गठनमा सहभागी हुनु आफ्नो पार्टीको उद्देश्यविपरित हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


संसद्ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्तरुपमा पत्र लेखेर संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि बिहीवारसम्मको समयसीमा दिएकी छन् ।

नेकपा एमाले माधव नेपाल पक्षका सांसद्ले राजीनामा दिने बताएपनि सोमवार उक्त पक्षले राजीनामा नदिने निर्णय गरिसकेको छ । नेपाल पक्षले राजीनामा नदिएको खण्डमा नयाँ सरकार गठनका लागि १३६ जना सांसद चाहिन्छ र ठाकुरले साथ नदिएमा त्यो माओवादी, काँग्रेस र उपेन्द्र यादवहरु मिल्दा पनि पूरा हुन सक्दैन । नयाँ सरकार बन्न नसकेमा पुनः ओलीलाई नै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरी एक महीनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । पुनः ओलीले विश्वासको मत नपाए संविधानसम्बत् संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ ।