काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोरोनालाई जितेर आज घर फिर्ता भएका छन् ।


ADVERTISEMENT


कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल संक्रमणमुक्त भइृ भई डिस्चार्ज भएको हो ।


ADVERTISEMENT

# # #


उनको यही वैशाख २६ गते गरिएको पिसिआर टेस्टमा नेभेटिभ रिपोर्ट आएको थियो । सङ्क्रमण भएपछि उनलाई शुरुमा अक्सिजन र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो । रासस