काठमाडौँ – नेपालमा मंगलबार थप ९ हजार चार सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २० हजार ५९६ पिसिआर र ७२० एन्टीजेन परिक्षणका क्रममा थप ९ हजार चार सय ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १ सय ११ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप २२५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा चार हजार ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप पाँच हजार दुई सय २५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा तीन लाख १२ हजार १९ जना संक्रमणमुक्त भएका छन् ।

हाल ९७ हजार ८ सक्रिय संक्रमित आइशोलेशनमा र ४४८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालस्म्म २६ लाख ७२ हजार ७ सय २६ वटा पिसिआर परिक्षण गरिएको छ ।