गण्डकी – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले बुधबार पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।


ADVERTISEMENT


गुरुङलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले नियुक्त गरेकी हुन् । गुरुङले यसअघि गत आइतबारमात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आह्वान गरेकी थिइन ।


ADVERTISEMENT

# # #


त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले आफूहरुको संसदमा बहुमत भएको दाबी गर्दै नयाँ सरकार गठनका लागि दाबी गरेका थिए ।

कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा दाबी गरिएको प्रदेश प्रमुखलाई बुझाएका थिए । पोखरेलले कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेका थिए । तर, जनमोर्चाका २ सांसदले कांग्रेसलाई समर्थन नगर्ने बताएपछि गण्डकीको सत्तासमीकरणमा हलचलआएको थियो ।