काठमाडौँ – नेकपाल एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्माओलीलाई पदमसक्त गराउन आफूहरुले सांसद पदबाट राजीनामा दिन आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएर नयाँ सरकार गठनका लागि कांग्रेसलाई आवश्यक संख्या नपुगिरहेका बेला नेता रावलले माधव समूहका सांसदहरुले राजीनामा दिनु आवश्यक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सामाजिक सञ्जाल ट्वीटरमा असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने भन्दै थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको बताएका हुन् ।

ओलीलाई रोक्न आफूहरुले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्ने उनले बताएका छन् । नेता रावलले भनेका छन्, ‘साधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

ओलीसँग चरम असन्तुष्टि जनाउँदै आएको एमाले माधव नेपाल झलनाथ खनाल समूहका सांसदले उनलाई विश्वासको मत समेत नदिन संसदमा अनुपस्थित भएका थिए । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) दुई खेमा दुई विचारमा विभाजित भएको छ ।

विपक्षी गठबन्धनको नेतृत्व गर्दै देउवा प्रधानमन्त्री बन्ने बाटो कमजोर बन्दै गएको बेला रावलको ट्वीटले तरंग ल्याएको छ ।