काठमाडौँ– विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रागिरि नगरपालिका– १२ का छ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् ।


ADVERTISEMENT


उनीहरुले अहिले आफूसँग रहेका सवारी साधनमध्ये पाँचवटा कार तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी ,दिर्घरोगी तथा डायलाइसिस लगायत अन्य बिरामीलाई अस्पताल लैजान र ल्याउनको लागि निः शुल्क व्यवस्था गर्दै सेवा शुरुआत गरेका छन् । कोरोना महामारीका विषम अवस्थामा बिरामीलाई सहज स्वास्थ्य सेवाको पुहँचसम्म पुर्‍याउन सो सेवा शुरु गरेका बताइएको छ ।


ADVERTISEMENT

# # #


गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहेका युवा व्यवसायी राजेश घिमिरे (९८५१०२२१८९) ,रामनारायण घिमिरे (९८५१० ८८१९९) ,माधवप्रसाद अधिकारी (९८५१०८१४४१), विदुरप्रसाद अधिकारी (९८५१०९५०२६) देवेन्द्र प्रधान (९८५१०४४८३३) र पूर्णप्रसाद श्रेष्ठले (९८५११७१२३७) ले आजदेखि संयुत्त, रुपमा सेवा सञ्चालनमा ल्याएको हो ।

सेवा २४ सैँ घण्टा उपलब्ध हुने र सेवाग्राहीले ती फोनमा सम्पर्क गरी सेवा लिन सक्ने समाजसेवी राजेशले बताएका छन् । उनी भन्छन्, ‘स्वास्थ्य मापदण्ड अनुसार ती सवारी साधन तयारी गरिएको छ र सञ्चालन हुन्छन् । यसका लागि आवश्यक चालक तयारी अवस्थामा छन् । बिरामीलाई चाहेका समयमा सेवा दिन्छौँ ।’

कोरोनाका जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा ती व्यवसायीले नगरपालिकाद्वारा स्थापित विपद्कोषमा रु. एकलाख सहयोग तथा विपन्न परिवारलाई खाद्यन्न तथा राहत वितरण गरेका थिए । नगरपालिकासँगको समन्वय र सहकार्यमा मास्क, सेनिटाजर, हातधुने समाजिक अभियान समेत सञ्चालन गरेको रामनारायण बताए। विपद्का समयमा राज्यले के दियो भन्दा पनि मानवीय सेवा दिन सेवा शुरुआत गरेको बताउँदै उनले भने, ‘हामी जो जहाँ छौँ, सबै मिलेर कोरोनालाई परास्त गर्न एक जुट होऔँ । सहयोगका हात अगाडि बढाऔँ ।’

नगरपालिका स्वास्थ्य शाखासँग नगरक्षेत्रका मिर्गौलाका डायलायसिस गराउनुपर्ने, क्यान्सरका किमो दिनुपर्ने तथा मुटुका बिरामी, तथा गर्भवती र सुत्केरी कति रहेका छन् भन्ने आधिकारीक तथ्याङ्क छैन । पछिल्लो समय नगरपालिकाले आफ्ना एम्बुलेन्सलाई कोरानो सङ्क्रमितका सेवामा लगाएको छ । ‘गतवर्षका लकडाउनमा नगरक्षेत्रका मिर्गौला, क्यान्सर , मुटु रोगी तथा गर्भवती, सुत्केरीलाई समयमा अस्पताल पु¥याँउन धेरै समस्या भयो । कयौ बिरामीले गाडि मिलाइदिनु पर्‍यो भनेर सम्पर्क गरे । यसपटकको निषेधाज्ञामा पनि यो पीडा कसैले पनि भोग्न नपरोस भनेर निः शुल्क यातायातको व्यवस्था मिलाएका हौँ।’ भेहिकलका सञ्चालक माधव अधिकारीले भभने। उनले कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण अवधिभर सेवा जारी रहने जानकारी दिएका छन् । रासस