दुहवी– फरवार्ड फाइनान्सद्वारा प्रदेश १ अन्र्तगतका तीन ठुला अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गर्ने भएको छ । सुनसरीस्थित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले समाजप्रतिको आफ्नो उत्तरदायित्व अन्र्तगत तीन अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गर्न लागेको हो ।


ADVERTISEMENT


संस्थाका अनुसार, संस्थाले प्रदेश १ अन्र्तगतका ठुला अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी कोभिड अस्पताल तथा विराट मेडिकल शिक्षण अस्पताल गरी ३ अस्पताललाई सहयोग गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


त्यसअन्र्तगत धरानको वीपी कोभिड अस्पतालका लागि ५० थान र विराटनगरको कोशी कोभिड अस्पताललाई एक सय अक्सिजन सिलिण्डर सहयोग गर्ने योजना रहेको बताउँदै फरवार्डकी अध्यक्ष भगवती चौधरीले विराट मेडिकल कलेज शिक्षण अस्पतालका लागि भने मनिटर उपलब्ध गराईने जानकारी दिएकी छिन् ।

सो योजना अनुरुप नै संस्थाले हाल वितरण कार्यक्रमको लागि तयारी गरिरहेको नेकपा एमाले नेतृ समेत रहेकी चौधरीले जनाइन् । उनका अनुसार, अस्पतालहरुमा अक्सिजन सिलिण्डर आइतबार वितरण गर्ने संस्थाको तयारी छ ।

यसअघि पनि फरवार्डले कोरोना संक्रमणको पहिलो भेरीयन्टमा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई उल्लेख्य रुपमा आवश्यकता अनुसार, आर्थिक एवम् तथा स्वास्थ्य सहयोग तथा स्थानीय तहलाई भने लकडाउनको समयमा खाद्यान्न सहयोग गरेको थियो । यस्तै, महिला सशक्तिकरण अन्र्तगत पनि फरवार्डको उलेख्य रहेको छ । उक्त संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्च मार्फत विभिन्न सामाजिक, मानवीयका कार्यहरु गर्दै आइरहेको छ ।