इनरुवा– दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ ।


ADVERTISEMENT


सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यस उमेर समूहमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत सङ्क्रमित रहेका छन् । सङ्क्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले जनाएका छन् ।

यस्तै, एकाउन्नदेखि ६० वर्षसम्मका संक्तमित संख्या १२ दशमलव दुई प्रतिशत रहेको उनको भनाई छ । त्यसैगरी ६१ देखि ७० वर्षका छ दशमलव चार प्रतिशत ज्येष्ठ नागरिकमा कोरोना पोजिटिभ भएको पाइएको छ, भने ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूहमा भने तीन दशमलव एक प्रतिशत सङ्क्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह एक प्रतिशत र सोभन्दा माथिका उमेर समूह शून्य दशमलव एक प्रतिशत सङ्क्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले जनाए ।

यस्तै, बालबालिकाको सन्दर्भमा १० वर्षमुनिका बालबालिका संक्रमित सङ्ख्या तीन प्रतिशत रर एघार देखि २० वर्ष उमेर समूहका पाँच दशमलव छ प्रतिशत सङ्क्रमित पाइएको छ । अहिलेसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ भने मृतकको सङ्ख्या ४० पुगेको छ ।

जिल्लामा सङ्क्रमणको दर दैनिकरूपमा बढ्दै गएका कारणले यसबाट बच्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नका लागि सबै जिल्लावासीमा स्वास्थ्य कार्यालय सुनसरीले आग्रहसमेत गरेको छ । रासस