काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्माओलीलाई पुनः शपथग्रहण गराइनुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ति जारी गर्दै उपेन्द्र अध्यक्ष यादवले प्रधानमन्त्रीको शपथले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको गरिमामा आँच पुगेको भन्दै पुनः शपथ गराउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


भएको के थियो ?

संसदमा विश्वासको मत गुमाएका प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा २ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले गत शुक्रबार (वैशाख ३१ गते) प्रधानमन्त्रीको शपथ लिएका थिए ।

जसक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ मा जस्ताको त्यस्तै भन्नुपर्नेमा ओलीले ‘सत्य निष्ठापूर्वक’ मात्रै भनेका थिए भने ‘प्रतिज्ञा गर्छु’ आवश्यक नरहेको भावमा ‘त्यो पर्दैन’ भनेका थिए ।

प्रधानमन्त्री ओलीले गरेको उक्त शपथ अहिले चौतर्फी आलोचनाको विषय बनेको छ ।

यस्तै विज्ञप्तिमा जसपा अध्यक्ष यादवले राजदूत नियुक्ति, विभिन्न संवैधानिक निकायका नियुक्तिमा समावेशी सिद्धान्त लागू नगरेको भन्दै असन्तिुष्टि समेत जनाएका छन् । उनले कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्तिको अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण जनाएका छन् ।