भारत– कोरोनाको दोस्रो लहरले अत्यधिक प्रभावित भारतले कोरोनाविरुद्वको औषधि तयार गरेको दाबी गरेको छ । भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले आइतबार ट्वीट गर्दै सो जानकारी दिएको हो ।


ADVERTISEMENT


मन्त्रालयको अनुसार औषधि आज सार्वजनिक गर्न लागिएको छ । रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा औषधिलाई ‘२–डीजी’ नाम दिइएको छ। भारत सरकारले ‍आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको सो औषधि आज रक्षा मन्त्री राजनाथ सिंहले सार्वजनिक गर्दैछन् ।


ADVERTISEMENT

# # #


पाउडरको रूपमा तयार उक्त औषधिलाई सर्वप्रथम डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।

डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेज (आईएनएमएएस)ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजको साथमा मिलेर सो खोप तयार पारेका हुन् । २–डीजीले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट राहत दिने अधिकारीहरुको दाबी छ ।