एजेन्सी – यस वर्षको मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेको उक्त प्रतियोगिताको उपाधि २६ वर्षीय मेजालाई दिइएको हो ।


ADVERTISEMENT


अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनो सम्पन्न प्रतियोगितामा पूर्व मिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबोरू लगायत ८ जनाको विश्लेषक तथा टिप्पणीकर्ताको टोलीले एन्ड्रियालाई मिस युनिभर्स विजेता घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


Miss Mexico Andrea Meza Crowned Miss Universe 2021

उक्त प्रतियोगितामा विश्वभरबाट ७० भन्दा बढीले सहभागिता जनाएका थिए । २०२० मा गर्ने भनिएको उक्त प्रतियोगिता पहिलोपटक कोरोना महामारीका कारण रद्द गरिएको थियो ।

मिस नेपाल अंशिका शर्माको पनि सहभागिता रहेको उक्त प्रतियोगिताबाट शर्मा भने टप २१ बाट बाहिरिएकी थिइन् ।