विराटनगर– जिल्लास्थित विराट शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ ।


ADVERTISEMENT


गएराति आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. सुदिप रेग्मी र उनका हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले नै कुटपिट गरेको हो ।


ADVERTISEMENT

# # #


डा. रेग्मीका टोली आकस्मिक कक्षमा भर्ना भएका बिरामीको उपचारमा खटिरहेका क्रममा उपचारकै लागि भर्ना भएका अर्की बिरामी वृद्धाको उपचारमा ढिलाई गरेको भन्दै सो समूहले अमानवीयपूर्वक चिकित्सक एवम् स्वास्थ्यकर्मीमाथि हातपात गरेको हुन् ।

आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

आक्रमण गर्नेमा बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूह रहेको जनाउँदै मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले आरोपीलाई पक्राउ गरिसकेको जानकारी दिएका छन् ।