काठमाडौँ– कोरोना महामारीको यस समयमा अधिकांशको चिन्ता भनेकै संक्रमित होइन्छ कि? या संक्रमित भएर अस्पताल जानैपर्ने अवस्था आए कुन अस्पताल जाने? भन्ने नै रहेको छ । अस्पतालहरुमा आईसियु र बेडको अभाव भएको समाचार  दैनिक रुपमा बाहिरिदा यसले आमव्यक्तिमा थप तनाव पनि पुर्‍याएको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणको यस चिन्तालाई राहत दिने प्रयास गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले यसअघि जारी गर्ने गरेको अस्पतालमा उपचारत आईसियु र भेन्टिलेटर बिरामीको संख्यासंगै सोमबारदेखि उपत्यकाको अस्पतालको बेड क्षमता र उपचारत संख्याको विवरणलाई समेत सार्वजनिक गर्दै सर्वसाधारणलाईको आईसियु र बेडसम्बन्धिको जिज्ञासा एवम् समस्यालाई न्युनिकरण गर्ने प्रयास गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयद्वारा सार्वजनिक सो विवरणद्वारा आमव्यक्तिले उपत्यकाका कुन अस्पतालमा कति वटा आइसियू, भेन्टिलेटर र आइसोलेसन बेड खाली छन् भनेर सहजै थाहा पाउन सकिन्छ। सो विवरणका लागि व्यक्तिले आफ्नो यदि तपाईंले फेसबुकमा गएर Ministry of Health and Population टाइप गर्नुपर्छ । जसमा स्वास्थ्य मन्त्रालयको आधिकारिक पेज देखिन्छ । र, सोहि उक्त पेजलाई स्क्रोल गर्दै जाँदा मन्त्रालयको सो विवरणलाई भेटाउन सकिन्छ ।

यसका साथै यसको विकल्पको रुपमा व्यक्तिले मन्त्रालयले ११३३ को हटलाइनमा सिधै फोन गरेर पनि आइसियू वा भेन्टिलेटरबारे आवश्यक जानकारी लिन सकिन्छ ।