काठमाडौँ – काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि पनि कठिनाइ भएको छ ।


ADVERTISEMENT


बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुईंमै सुताएर उपचार थालिएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुईंमा नै राखेर बिरामीको उपचार गरिएको हो । त्यस्तै अस्पतालको कम्पाउण्डमा नै उपचारको प्रवन्ध मिलाइएको छ ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण ह्वात्तै बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । टेकु अस्पतालमा हालै आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना गरिएको छ ।