जाजरकोट– सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको रु १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ ।


ADVERTISEMENT


पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै रु १८ लाखको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


उक्त रकमबाट ४० वटा सिलिण्डर, औषधि र अन्य स्वास्थ्य उपकरण पूर्वमन्त्री बस्नेतले पठाएको अधिकृत घर्तीले जनाएको छ ।

घर्तीका अनुसार, ती सिलिण्डर सुर्खेतमा तयारी अवस्थामा राख्ने र आवश्यकतानुसार अक्सिजन आपूर्तिमा परिचालन गरिनेछ । कोरोनाका कारण ठूलो सङ्ख्यामा स्थानीयवासी बिरामी भई अक्सिजन नपाएर हैरान भएका बेला पूर्वमन्त्री बस्नेतको यो निर्णयले आफूहरु खुशी भएको घर्तीले बताए । रासस