काठमाडौँ – नेपाली कांग्रेस नेता एवमु बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँको पहलमा हेटौंडा अस्पताललाई ६४ वटा अक्सिजनसहितका सिलिण्डर प्रदान गरिएको छ ।
नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँ र नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, मकवानपुरले अक्सिजन सिलिण्डर संकलन गरेको थियो । संकलित सिलिण्डरमा अक्सिजन भरेर अस्पतालाई प्रदान गरिएको हो ।
पर्साको पर्वानिपुरमा अक्सिजन भरेर ल्याउनका लागि नेता बानियाँले गाडीको समेत व्यवस्था गरेका थिए । सांसद बानियाँकै पहलमा अस्पतालाई कोरोना अवधिभरका लागि एउटा गाडी समेत प्रदान गरिएको छ ।