काठमाडौँ – संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट घोषणा हुन ९ दिन मात्र बाँकी छ । बजेट घोषणा अघि नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान समेत नहुँदा प्रक्रिया अवरुद्ध भएको छ ।


ADVERTISEMENT


अल्पमतको सरकार भएपछि आफ्ना कार्यक्रम पास नहुने डरले सरकारले अधिवेशन नै आह्वान नगदौ बजेट प्रक्रिया अन्यौलमा परेको हो ।


ADVERTISEMENT

# # #


संसद् जीवित हुँदाहुँदै सरकारले अध्यादेशबाट बजेट ल्याउन नमिल्ने भएकाले सरकारले छिटो राजनीतिक समझदारी जुटाएर अघि बढ्नुको विकल्प नरहेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको भनाइ छ । उनले सरकारले नियमित प्रक्रियाबाट बजेट ल्याउनुपर्ने बताउँदै प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

बजेट प्रक्रिया अन्यौलमा रहेका बेला आज दिउँसो २ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । २ बजे प्रधानमन्त्रीले एमाले स्थायी कमिटी बैठक बोलाएकोमा उक्त बैठक लगत्तै बजेट लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक डाकेको एक मन्त्रिले जानकारी दिए ।