काठमाडौँ – नेपालका लागि बेलायती राजदूतले प्रधानमन्त्री केपी शर्माओलीसँग शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर राजदूत निकोला पोलिटले प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।


ADVERTISEMENT


उनका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यतः कोभिड-१९ विरूद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्नका लागि बेलायनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिए ।


ADVERTISEMENT

# # #


साथै उनले नेपाली जनताको जीवन रक्षाका लागि बेलायती कम्पनी एस्ट्राजेनिकाको कोरोनाविरुद्धको खोप उपलब्ध गराउन समेत आग्रह गरेका छन् । नेपालमा पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरले स्थिति भयावह बनेपछि सरकारी निकायबाट अन्तर्राष्ट्रिय सहयोगको अपील गरिरहेका छन् ।