कावासोती– जिल्लाको पहाडी क्षेत्रमा खानेपानीको समस्या रहेको छ । बस्तीहरु डाँडामा हुने र पानीका मुहान बस्तीदेखी तल हुदा घण्टौं लाएर पिउने पानी ल्याउनुपर्ने पहाडी क्षेत्रका बासिन्दाको प्रमुख समस्या रहने गर्दछ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व ० नवलपुरको पहाडी क्षेत्रमा दुईवटा स्थानीय तहमा यो समस्या धेरै रहेको छ ।


ADVERTISEMENT


जिल्लाको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली र बुलिङटार गाउँपालिकाको सबै जसो क्षेत्रमा खानेपानीको समस्या रहेको छ । यसै समस्या समाधानकालागि यी क्षेत्रमा अहिले १४ वटा खानेपानीका आयोजना सञ्चालनमा रहेका छन् । स्थानीय तहको समन्वय तथा गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको लागतमा खानेपानी आयोजना निर्माणाधिन छन् ।


ADVERTISEMENT

# # #


बौदीकाली गाउँपालिकामा ११ वटा खानेपानीका आयोजना निर्माणको क्रममा रहेका छन् । बौदीकालीकामा एकमा रु। ७४ लाख लागतका मिथुकरम खानेपानी आयोजना निर्माणाधिन छ । एकमानै मिथुकरम लिफ्ट खानेपानी आयोजना रु। १७ लाख बजेटमा सञ्चालनमा छ । वडा नं। दुईमा रु. ८० लाख लागतमा डेढगाउँ बृहत खानेपानी आयोजना चलिरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ एकाइ कार्यालय नवलपुरका कार्यालय प्रमुख महेन्द्रराज आचार्यले बताएका छन् ।

बौदीकालीकै दुई नं वडामा रु.१७ लाखको बजेटमा ओडारे खानेपानी आयोजना, तीनमा रु।१२ लाखमा घचेडी खानेपानी आयोजना, चार नम्बर वडामा रु।१७ लाखको टिविआर खानेपानी आयोजना, रु. १७ लाखकै बाहुनथर खानेपानी आयोजना ,वडा नम्बर ६ मा रु. १७ लाखको पुरानो नरम खानेपानी आयोजना, रु.१७ लाखमा माझडाँडा खानेपानी आयोजना यहाँ निर्माणको क्रममा रहेको प्रमुख आचार्यको भनाई छ ।

करिब रु। १ करोडमा बाँझोबारी खानेपानी आयोजना निर्माणकै क्रममा छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको रु. तीस लाख बजेटको अमृत धारा खानेपानी आयोजना बनिरहेको छ । ‘विकट पहाडी गाउँपालिका भएकाले खानेपानी यहाँको प्रमुख समस्या हो, टाकुरामा खानेपानीको समस्या वर्षौदेखी भोगिरहेका छौं’, बौदीकालीका गेसबहादुर रानाभन्छन्, ‘तर अहिले यहाँ निर्माणको क्रममा रहेका खानेपानी आयोजनाले समस्या समाधान होला भन्ने आस छ । ’

जिल्लाकै पहाडी क्षेत्र अन्र्तगत पर्ने बुलिङटार गाउँपालिकामा प्रदेश सरकारमार्फत तीन खानेपानीका आयोजना निर्माणाधिन छन् । बुलिङटार २ मा रु। १२ लाखको डाँडाझेरी खानेपानी आयोजना, तीनमा रु. १२ लाखको कामीडाँडा बस्ती जल उत्पन्न बालविकास प्रावी खानेपानी आयोजना र ६ मा गाग्रीखोला खानेपानी अयोजना रु बाह्र लाखमा बनिरहेको सव इञ्जिनियर विश्वदिप देवकोटाले जनाए ।

गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ भन्ने योजनालाई सार्थकता दिन खानेपानीका पहुँच नभएका क्षेत्रमा आयोजना चलिरहेको प्रमुख आचार्यको भनाई छ । रासस