काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको जसपा सो पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने भन्दै अहिलेका लागि तटस्थ बस्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । आफुहरुको मागका बारेमा सम्बोधन गर्ने प्रयास भइरहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


त्यस्तै जसपा संसदीय दलका नेता राजेन्द्र महत्ताले बैठकमा समसामायिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको जानकारी दिए । महतोले आफूहरु सत्ताको लागि भन्दा पनि देश र जनताको पक्षमा केन्द्रित रहेको बताए । उनले कुर्सीको लडाइँमा आफूहरु नलाग्ने बताए ।

संसदीय दलको बैठकले दलको नेता महत्तालेलाई स्वागत गरेको थियो ।