काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफू संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार नतृत्वको दाबसमित राष्ट्रपति कार्यालय पुग्नसक्ने बताएका छन् ।


ADVERTISEMENT


वैकल्पिक सरकार गठनको मार्गप्रशस्त गरेपछि शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफुसँग संसदमा १२१ मतभार रहेकाले दाबी गर्नसक्ने बताएका हुन् । आफूसँग संसदमा सबैभन्दा धेरै संख्या रहेकाले वैकल्पिक सरकार गठनको लागि सजिलो हुने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘वैकल्पिक सरकारका लागि म दाबी गर्नसक्छु, मसंग १२१ को मतभार छ । त्यसले मलाई अलि सजिलो होला कि भनेर कोसिस गरिरहेको छु ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ५ बजेसम्म वैकल्पिक सरकार गठनको आधारसहित दाबी गर्न प्रतिनिधिसभाका सदस्यलाई आश्वान गरेकी छन् ।

राजीनामा ननिदएर नै मार्गप्रशस्त गरेँ भन्न मिल्छ भन्ने प्रश्नमा उनले भने, ‘अर्को प्रधानमन्त्रीले शपथ गरेका बखत मात्रै तत्कालीन प्रधानमन्त्री कामबाट मुक्त हुन्छ । आज ५ बजेसम्म म प्रधानमन्त्रीकै रुपमा काम गरिरहन्छु । तर, अर्को प्रधानमन्त्री बन्ने बाटो खोलेको छु ।’

ओलीले संसदमा आफूले विश्वासको मत नपाउने भएकाले आफू सरकार चलाउनबाट दिक्क भइसकेको बताएका छन् ।

‘यदी मलाई सरकार चलाउन मन छ भने विश्वासका मतमा जाने हो । सरकार चलाउन म दिक्क भइसकेँ । मलाई विश्वास चाहिएकै छैन । मनै छैन । अर्को सरकार बनाऔँ । राष्ट्रिपतिले बाटो खोलिदिनुभयो । हरेक प्रतिनिधिभा सदस्यलाई भरपर्दो आधार प्रस्तुत गर्ने आधार छ ।’